logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रपुरविरुद्ध वालिङको सहज जित


अंकुरण खबर
1.534K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई तीन–शून्यले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा मंगलबार भएको खेलमा वालिङका लागि मेथो रुथले दुई र टोउटा ओर्नेलाले एक गोल गरिन् । नोइल्लीले खेलको ३७ औँ मिनेटमा गोल गरिन् भने रुथोले ४५ र ५३ औँ मिनेटमा गोल गरिन् ।

यो जितसँगै वालिङ ६ खेलमा आठ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

पाँच वटा हार बेहोरेको चन्द्रपुर ३ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।