logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

महिला राष्ट्रिय लिग फुटबलमा विराटनगरसँग स्तब्ध भयो नेपाल पुलिस क्लब


अंकुरण खबर
1.105K
Shares

महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा विराटनगर महानगरपालिकाले नेपाल पुलिस क्लबलाई १-० गोलले हराएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगरकी पार्वती घलेले गरेको गोल निर्णायक बन्यो । उनले खेलको नवौँ मिनेटमा गोल गरेकी थिइन् ।

जितपछि विराटनगर ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। शीर्षस्थानमा रहेको एपीएफ क्लबको ६ खेलबाट १८ अंक छ । ६ खेलबाट नेपाल पुलिस क्लबको ८ अंक छ ।

वालिङ नगरपालिकाको पनि ८ अंक रहेको छ ।