logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आधिकारिक नेकपा र सूर्य चिह्‍न हाम्रै हो : उपप्रधानमन्त्री पोखरेल


अंकुरण खबर
962
Shares

नेकपा ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले आधिकारिक नेकपा र चुनाव चिह्‍न सूर्य आफूहरुकै हुने दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा गरेको जनसभालाई सम्बोधन गर्दै उनले भने, ‘सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको नेकपाले पाउने छ, हामी सूर्य चिन्ह लिएर जनतामा ताजा जनादेशका लागि जानेछौं ।’

उनले आफूहरुको लडाइँ अराजकता तथा मुलुकलाई आर्थिक समृद्धि र विकासमा लैजान नचाहनेविरुद्ध रहेको पनि प्रस्ट पारे । ‘हामी कुनै पनि बेला यो लडाइँलाई कमजोर हुन दिनेछैनौँ,’ उनले भने ।

उनले जस्तै प्रतिकुलता आए पनि ती प्रतिकुलतासँग जुधेर राजनीतिक स्थायित्वका लागि लडिरहने संकल्प पनि गरे । उनले भने,‘ जस्तासुकै प्रतिकुलता आए पनि ती प्रतिकुलतासित जुधेर मुलुकमा राजनीतिक स्थायित्वका लागि लागिरहने छौं ।’

पोखरेलले बिहीबार नेकपाको प्रचण्ड–माधव पक्षले गरेको आमहड्तालका क्रममा क्षति पुर्‍याइएका सवारीसाधन र प्रभावित भएका मजदुर–नागरिकलाई सरकारले क्षतिपूर्ति दिने घोषणा समेत गरे ।