logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड समूहले जलाएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिन्छ : ओली


अंकुरण खबर
650
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा दाहाल-नेपाल समूहको आमहड्तालका क्रममा जलाइएको ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको आज नारायणहिटी क्षेत्रमा बृहत् सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले  दाहाल–नेपाल समूहका कार्यकर्ताले जलाएको उक्त ट्याक्सीको क्षतिपूर्ति सरकारले दिने बताएका हुन ।

‘हिजो नेपाल बन्द गरेर तर्साउन खोजियो, ट्याक्सी जलाइयो,’उनले भने,‘ धन्न चालक बचे । ट्याक्सीको बिमा गरेको छ होला । क्षतिपूर्ति सरकारले दिन्छ । जनतालाई मन पराउने सरकार छ ।’

नेकपाको दाहाल -नेपाल समूहका प्रदर्शनकारीहरूले बिहीबार काठमाडौंको सामाखुसीमा ट्याक्सी जलाएका थिए ।