logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाद्वारा चौदण्डीगढी नगरपालिका ९-० ले पराजित


अंकुरण खबर
1.703K
Shares

राष्ट्रिय महिला लिगमा रश्मी घिसिङको चार गोलमा नेपाली सेनाले चौदण्डीगढी नगरपालिकालाई नौ शुन्यको फराकिलो अन्तरले हराएको छ ।

जीतसँगै सेनाले लिडर एपिएफसँगको दुरी दुई अंकमा झारेको छ । एपिएफले नेपाली सेनाले भन्दा एक खेल कम खेलेको छ ।

आज भएको दोस्रो लेगको पहिलो खेलमा कमजोर चौदण्डीगढी विरुद्ध सेनाले गोलको वर्षात नै गर्यो । पहिलो लेगमा अंकको खाता खोल्न नसकेको चौदण्डीले यो खेलमा चार भारतीय खेलाडीलाई उतार्यो । प्रदर्शनमा केहि सुधार देखिएपनि हारबाट भने जोगिएन ।

सेनाले पहिलो हाफमा तीन र दोस्रो हाफमा छ गोल गर्यो । रश्मी घिसिङले ह्याट्रिक सहित चार गोल गरिन भने सर्मिला थापाले दुई तथा भुजुङ्गा राई र अन्जली वापवाले एक एक गोल गरे । एक गोल भने चौदण्डीगढीबाट उपहार पाएको थियो ।

यो जितसँगै नेपाली सेनाले सात खेलबाट १६ अंक बनाएको छ । सेना लिगको दोस्रो स्थानमा कायमै छ । ६ खेल खेलेको लिडर एपिएफसँग १८ अंक रहेको छ ।  चौदण्डीगढीको यो लगातार सातौ हार हो । अंकको खाता खोल्न नसकेको चौदण्डीगढीले सात खेलमा मात्र एक गोल गरेको छ भने ७२ गोल खाइसकेको छ ।