राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चन्द्रपुर नगरपालिका भिड्ने छन् ।
आजको खेलमा तेस्रो स्थानमा रहेको विराटनगर दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबसँग अंकदुरी घटाउने लक्ष्यका साथ मैदानमा उत्रने छ भने चन्द्रपुर प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा हुनेछ । खेल मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिका भिड्ने छन् । चौथो स्थानमा रहेको नेपाल पुलिस आजको खेलमा जित निकाल्दै तेस्रो स्थानमा रहेको विराटनगरलाई पछि पार्न चाहनेछ। त्यस्तै वालिङको नजर पनि तेस्रो स्थानमै रहने छ । दुबै टोलीमा तालिकामा समान ८र८ अंक छ। खेल ३ बजे सुरु हुनेछ ।
प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।