logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लगातार दुई हार ब्यहोरेको पुलिसलाई जितको भोक, विराटनगर ३-० गोलले पराजित


अंकुरण खबर
1.287K
Shares

महिला राष्ट्रिय लिग फुटबलअन्तर्गत मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबले विराटनगर महानगरपालिकालाई ३-० गोलले हराएको छ ।

पुलिसले लगातार दुई हारपछि जित हात पारेको हो । दुई खेल अघि विराटनगरले नै पुलिसलाई १-० गोलले हराएको थियो। अघिल्लो खेलमा पुलिसले वालिङसँग पनि १-० गोलको पराजय ब्यहोरेको थियो।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा पुलिसलाई जित दिलाउन निरु थापाले दुई र निर्मला उपाध्यायले एक गोल गरे। निर्मलाले ४१ औँ मिनेटमा पुलिसलाई अग्रता दिलाएकी थिइन्। दोस्रो हाफमा निरुले दुई मिनेटको अन्तरमा दुई गोल गरिन्। उनले ५७ र ५९ औँ मिनेटमा गोल गरेकी थिइन्।

पुलिसको ८ खेलबाट ११ अंक छ। लगातार दुई हार ब्यहोरेको विराटनगरको ८ खेलबाट १० अंक रहेको छ।

शीर्षस्थानमा रहेको शसस्त्र प्रहरी बल(एपीएफको ७ खेलबाट २१ अंक छ। दोस्रो स्थानमा रहेको नेपाल आर्मीको ८ खेलबाट १९ अंक छ। आर्मीले मंगलबार भएको पहिलो खेलमा वालिङ नगरपालिकालाई हराएको थियो।