logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला लिग : एपिएफ र चन्द्रपुर भिड्दै


अंकुरण खबर
819
Shares

महिला राष्ट्रिय लिग फुटबलमा बुधबार (आज) एउटा मात्रै खेल हुँदैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे हुने खेलमा लिग लिडर नेपाल एपिएफ क्लबले रौतहटको चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ ।

लिगमा अपराजित रहेको एक मात्र टोली एपिएफ आजको खेलमा पनि जित हात पार्दै यो यात्रालाई कायम गर्न चाहन्छ ।

चन्द्रपुर पनि आज एपिएफलाई पहिलो हार चखाउने दाउमा हुनेछ । तर, उत्कृष्ट लयमा रहेको एपिएफविरुद्ध जित निकाल्न उसलाई त्यति सहज भने छैन ।

एपिएफ ७ खेलबाट २१ अंकका साथ शीर्ष स्थानमा रहँदा चन्द्रपुर समान खेलबाट ६ अंकको साथमा छैटौँ स्थानमा छ ।