logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हात खुट्टा बाधे पनि भन्ने अनि धेरै बिकास निर्माणको काम पनि भयो भन्ने : रघुजी पन्त


अंकुरण खबर
1.027K
Shares

नेकपा नेपाल–दाहाल समुहका नेता रघुजी पन्तले अब प्रधानमन्त्रीको आलोचना नगर्ने बताएका छन् ।

प्रतिनिधि सभा विघटनका विरुद्ध बुधबार नेकपा दाहाल–नेपाल समूहले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता पन्तले एक पटक आलोचना गरियो दरबारको दक्षिण ढोका अगाडी बसेर रुने फेरी आलोचना गरे अर्को ढोकामा बसेर रुने ?।

माघ २३ गते प्रधानमन्त्रीले यो सरकारले ईतिहास कै धेरै बिकास निर्माणको काम गरेको दाबी गरे पनि उनको कुरा बिरोधाभाष रहेको दाबी गरे ।

नेता पन्तले भने, माधब नेपाल र पुष्पकमल दाहालले काम गर्न दिएनन् हात खुट्टा बाधे पनि भन्ने अनि धेरै बिकास निर्माणको काम पनि भयो भन्ने यो कुरा जनतालाई मात्र ढाड्ने ? नेता पन्तले  नबोल्ने पशुपतिनाथले ओलीको रक्षा नगर्नै भन्दै बोल्ने पशुपतिनाथ समक्ष आत्मलोचना गर्न सुझाब दिए ।