logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

महिला लिग : एपिएफको अपराजित यात्रा कायमै


अंकुरण खबर
780
Shares

राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टोली नेपाल एपिएफ क्लबले आफ्नो विजयी यात्रालाई आठौं खेलसम्म पनि जारी राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा उसले चन्द्रपुर नगरपालिकालाई ८–० ले पराजित गरेको हो ।

एपिएफको फराकिलो जितमा सावित्रा भण्डारीले ६, अनिता बस्नेतले २ गोल गरिन् । खेलको पहिलो मिनेटमै गोल गर्दै अनिताले एपिएफलाई अग्रता दिलाएकी थिइन् । छैटौं मिनेटमा सावित्राले एपिएफले अग्रता दोब्बर बनाइन् । ३३ औं मिनेटमा सावित्राले नै एपिएफका लागि तेस्रो गोल गरिन् ।

पहिलो हाफमा ३ गोल गरेको एपिएफले दोस्रो हाफमा ५ गोल थप्यो । ४७ औं मिनेटमा गोल गर्दै सावित्राले आफ्नो ह्याट्रिक पूरा गरिन् ।

५४ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरिन् । ६० औं, ६२ औं र ७९ औं मिनेटमा सावित्राले गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरेपछि एपिएफले ८–० को सहज जित दर्ता गरेको हो ।

जितसँगै एपिएफ ८ खेलबाट २४ अंकका साथमा लिगको शीर्ष स्थान कायम रहँदा पराजय बेहोरेको चन्द्रपुरले समान खेलबाट ६ अंक जोडेको छ ।