logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कमल थापाले मागे झाँक्रीको तत्काल रिहाइ


अंकुरण खबर
1.443K
Shares

राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

बिहीबार ट्विटरमार्फत उनले झाँक्री पक्राउको भर्त्सना गर्दै तत्काल रिहाइको माग गरेका हुन् ।

उनले ट्विटरमा लेखेका छन् ,‘रामकुमारी झाँक्रीलाई तत्काल रिहाइ गरियोस्। अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित नगरियोस् ।’

झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले बिहीबार अपराह्न उनको निवासबाटै पक्राउ गरेको थियो ।