logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो हाफमा आर्मीलाई ५ गोलको अग्रता


अंकुरण खबर
2.912K
Shares

राष्ट्रिय महिला लिग फुटबलमा अहिले त्रिभुवन आर्मी क्लब र विराटनगर महानगरपालिका भिड्दै छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफमा आर्मीले ५-० को अग्रता बनाएको छ ।

आर्मीका लागि पहिलो हाफमा शर्मिला थापा, सपना लामा, विमला बिक, विमला चौधरी र रश्मी घिसिङले एक एक गोल गरेकी छिन् ।

दुबै टिम जित हात पार्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।

आर्मी १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । विराटनगर १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।