logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नेकपा नेता झलनाख खनाल भारतको दिल्ली प्रस्थान


अंकुरण खबर
1.326K
Shares

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका खनाल उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट भारतको राजधानी दिल्ली उडेका हुन् । खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईका अनुसार उनी नियमित फलोअपका लागि दिल्ली गएका हुन् ।

उनले भने, ‘उहाँ नियमित फलोअपका लागि दिल्ली जानुभएको हो, चार दिनपछि फर्कनुहुनेछ। उहाँको भारतको नयाँ दिल्ली स्थित अपोलो अस्पतालमा उपचार हुनेछ ।’

खनालसँगै उनकी श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकी छन्। केही महिना अगाडि उनी उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि ह्याम्स अस्पताल भर्ना भएका थिए ।