भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र विहारका मुख्यमन्त्री नितिश कुमारबीच भेटवार्ता भएको छ ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउने र सहयोग आदानप्रदान गर्नेबारे छलफल भएको आचार्यले ट्वीटरमार्फत जानकारी दिएका छन् ।
भेटमा राजदूत आचार्यले मुख्यमन्त्रीलाई पशुपतिनाथको तस्विर प्रदान गरेका थिए ।