logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

महिला लिगमा आज दुई खेल : एपीएफलाई नेपाल पुलिसको चुनौती


अंकुरण खबर
793
Shares

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफ र नेपाल पुलिस क्लब भिड्ने छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेल दिउँसो १२ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा वालिङ नगरपालिका र विराटनगर महानगरपालिका भिड्नेछन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ। एपीएफ ९ खेलबाट २७ अंक जोड्दै शीर्ष स्थानमा छ।

आजको खेल जितेको खण्डमा एपीएफले दोस्रो स्थानमा रहेको त्रिभुवन आर्मी फुटबल क्लबलाई ५ अंकले पछि छाड्ने छ। आर्मीले १० खेलबाट २५ अंक जोडेको छ।

त्यस्तै वालिङ नगरपालिका १४ अंक जोड्दै तेस्रो स्थानमा छ भने पुलिस १३ अंक जोडेर पाँचौ स्थानमा छ। पुलिस र वालिङ तालिकाको तेस्रो स्थानमा रहने होडमा हुनेछन्।

आर्मीले आइतवारको खेलमा जित निकालेसँगै शीर्ष दुईको होडबाट अन्य टिमहरु पछि परेका हुन्। दोस्रो स्थानको आर्मी तेस्रो स्थानको वालिङभन्दा ११ अंकले अगाडि छ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।