logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बहुमतको संसद् भंग गरेर दुई तिहाईको धाक : गगन थापा


अंकुरण खबर
1.378K
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले भइरहेको बहुमतको संसद् भंग गरेर दुई तिहाई सिट ल्याउने प्रधानमन्त्रीको बोलीलाई ‘धाक’को संज्ञा दिएका छन्।

प्रतिनिधि सभा विघटनविरुद्ध चितवनमा कांग्रेसले गरेको सभामा नेता थापाले दुई नेकपाले मुलुकलाई भिडन्ततिर लाने प्रयास गरेको बताए। दुई नेकपालाई सम्हाल्ने अवसर समयले कांग्रेसलाई दिएको उनको भनाइ छ। संसद् ब्यँत्याएर मात्रै कांग्रेस चुनावमा जाने थापाले उल्लेख गरे।

‘चुनावका लागि संसद चाहिन्छ। पुनर्स्थापित संसदलाई मात्रै संविधानले चिन्छ। पुनर्स्थापित भएपछि पनि मुलुक जाने निर्वाचनमै हो,’ उनले भने।

प्रधानमन्त्री केपी ओली शर्मा र राष्ट्रपति विद्यादेवी भण्डारीको हिसाबकिताब हुने उनले प्रष्टाए। कम्युनिस्टले स्वाधीनता र समृद्धि दिन नसकेको संसद् पुर्नबहालीपछि कांग्रेसले समृद्धि जनतामाझ पुर्‍याउने थापाको भनाइ छ। कांग्रेसले अध्याँरोमा भारतलाई लर्लकाने र उज्यालोमा खुट्टा ढोग्ने कार्य नगर्ने उनले बताए।‘भारत र चीनलाई कांग्रसले जिस्काउँदैन,’ थापाले भने।