logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस सभामा अज्ञात समूहद्वारा बैतडीमा आक्रमण, आधा दर्जन भन्दा बढि घाईते


अंकुरण खबर
1.157K
Shares

बैतडीको डिलासैनी गाँउपालिकामा नेपाली कांग्रेसको सभामा अज्ञात समूहले आक्रमण गरेको छ ।

आक्रमणमा परी आधा दर्जन भन्दा बढि घाईते भएका छन् । सो स्थानमा नेपाली कांग्रेसका नेताहरु एनपी साउदलगायतले मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

कार्यक्रम सुरु हुनसाथ अज्ञात समूहले कांग्रेसको मंच तर्फ डुंगा प्रहार गरेका थिए । त्यसपछि सभामा सहभागिहरुले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए ।

आक्रमण कसले र किन गर्यो भन्ने यकिन भएको छैन । घटना स्थालमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलबाट प्रहरी कार्यलय १५ किलोमिटर टाढा रहेको छ ।