logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

महिला लिग : चन्द्रपुरको तेस्रो जित


अंकुरण खबर
676
Shares

राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाले तेस्रो जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको प्रतिस्पर्धात्मक खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराएको हो ।

पहिलो हाफको थप गरिएको समयमा रजनी ठोकरको गोलमार्फत् चन्द्रपुरले  अग्रता बनाएको थियो । रजनीको फितलो प्रहारलाई चौगण्डीकी गोलरक्षक देवीका श्रेष्ठले नियन्त्रण गर्न नसक्दा उनको हातमा लागेर गोल भएको हो ।

६७ औं मिनेटमा दिलकुमारी राना मगरले चन्द्रपुरको अग्रता दोब्बर बनाइन् । ६८ औं मिनेटमा मनिता तामाङले गोल गर्दै चौदण्डीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

यो जितसँगै चन्द्रपुरले ११ खेलबाट ९ अंक जोड्दा पराजित भएको चौदण्डीले हालसम्म कुनै अंक जोड्न सकेको छैन ।