logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भागरथी हत्याकाण्डका अभियुक्त पक्रन सफल भएकोमा प्रहरीलाई गृहमन्त्री थापाले दिए धन्यवाद


अंकुरण खबर
650
Shares

गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याकाण्डका संलग्न अभियुक्तलाई पक्रन सफल भएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।

घटना भएको १३ दिन पश्चात प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ ।

प्रहरीले अभियुक्त सार्वजनिक गरेसँगै गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत निकै संवेदनशील रहेको घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद दिएका हुन् ।

थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको र यस्ता घटनामा संलग्नहरूलाई कारवाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको बताए ।

गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्:

‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारवाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद। सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरूलाई कारवाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको  दोहोराउन चाहन्छु।’