logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रानाभाटको निधनप्रति सभापति देउवाद्वारा दुख व्यक्त


अंकुरण खबर
1.716K
Shares

नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्व सांसद एकनाथ रानाभाटको निधनप्रति सभापति देउवाले दुख व्यक्त गरेका छन् ।

सभापति देउवाले रानाभाटको निधनप्रति दुख व्यक्त गर्दै लोकतान्त्रिक आन्दोलनमा उनले पुर्याएको योगदानको पार्टीले सधैँ मुल्यांकन गर्ने बताए ।

सामाजिक सञ्जालमा लेख्दै सभापति देउवाले भनेका छन्, “हार्दिक श्रदाञ्जली एकनाथजी । नेपाली कांग्रेस चितवनका नेता एवं पूर्वसांसद एकनाथ रानाभाटको निधनको खवरले निकै स्तव्ध भएको छु। लोकतन्त्र प्राप्तिको आन्दोलनमा तपाईले खेलेको भूमिकाको पार्टीले सधै उच्च मुल्यांकन गर्नेछ । तपाईको आत्माको चीरशान्तिको कामना गर्दै यस दुखद समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।