logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश गरे ओली


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ।

तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो । ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन् ।

गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन मनाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भएको थियो ।

त्यस्तै, जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको समेत टिप्पणी भएको थियो ।