logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले बोलाए स्थायी समिति बैठक


अंकुरण खबर
663
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ओली समूह) को स्थायी समिति बैठक बोलाएका छन् ।

पार्टीको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

संसद विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरेपछिको अवस्थाबारे छलफल गर्नका लागि स्थायी समिति बैठक बोलाइएको नेता नेम्वाङले बताए ।

उनका अनुसार बैठकमा समसामियक राजनीतिक परिवेशबारे छलफल हुनेछ ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते गरेको संसद विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्चले बदर गरेको हो ।

यता प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल राजीनामा नदिने भएका छन् ।