logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै


अंकुरण खबर
715
Shares

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो सवा १२ बजे रानीपोखरी कर्नर टिम र नयाँ बस्ती युवा क्लब खेल्ने भएका छन् ।

यस्तै, दिउँसो साढे ३ बजे झम्सिखेल युथ क्लब र बोइज् युनियन क्लब खेल्ने छन् ।

यसअघि हिजोको खेलमा बाँसबारी क्लब र श्रीकुमारी क्लब विजयी भएका थिए ।

बाँसबारीले टुसाललाई ३-१ गोल अन्तरले र श्री कुमारी क्लबले श्री भगवती क्लबलाई ४–१ गोल अन्तरले हराएको हो ।