logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै


अंकुरण खबर
1.365K
Shares

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदै छन् ।

सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लबबीचको खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ । यस्तै मध्यपुर युथ एसोसियसनले र टुसाल क्लबबीचको खेल दिउँसो साढे ३ बजे हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

हिजो भएको खेलमा ब्याइज युनियन र रानीपोखरी कर्नर टिम आरसीटी विजयी भएका थिए ।

ब्वाइज युनियनले झम्सिखेल युथ क्लबलाई ४-० गोलले पराजित गरेको हो भने आरसीटीले नयाँ बस्ती युवा क्लबलाई ४-२ गोलले हराएको हो ।