logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ह्वीप नमान्ने सांसदलाइ ओलीले कारवाही गर्न सक्दैनन् : रावल


अंकुरण खबर
1.235K
Shares

नेकपा दाहाल नेपाल समूहका स्थायी समिति सदस्य भीम रावलले ह्वीप नमान्ने सांसदलाई प्रधानमन्त्री ओलीले कारवाही गर्न नसक्ने दाबी बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तक्र्रियामा नेता रावलले ह्वीप जारी गरेर समानुपातिक सांसदलाई निकाल्ने कुरा झुठ र भ्रमपूर्ण रहेको बताए ।

केन्द्रीय समितिले अनुमोदन नगरी सांसदलाई कारवाही गर्न नसक्ने भन्दै रावलले बहुमत केन्द्रीय समिित आफुहरुसँग भएकाले बरु प्रधानमन्त्री ओलीलाई भने कारबाही गर्ने बताए ।

हालै ओलीले नियुक्त गरेका मुख्य सचेतक विशाल भट्टराईलाई नक्कली सचेतकको संज्ञा दिँदै नेता रावलले दुईतिहाई सदस्य रहेको पार्टीमा रहेका सांसदलाई ह्वीप लगाएर कारवाही गर्ने धम्की नदिन चेतावनी दिए।

पार्टीको विधान, लोकतन्त्रको मान्यता र सिद्धान्त अनुसार पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्ष स्वतः आधिकारिक पार्टी रहेको दाबी पनि नेता रावालले गरे ।

निर्वाचन आयोगले निर्देशन गरे नागरिकताको प्रमाणपत्रसहित उपस्थित भएर बहुमत सिद्ध गर्ने पनि उनले बताए ।

पार्टी, संसदीय दलको विधान, नेपालको कानून र सर्वोच्च अदालतको निर्णयबाट प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अनैतिक र असंवैधानिक रहेको भन्दै ओलीको राजनीति पुनः सोही दल र हैसियतबाट नटिक्ने पनि रावलको भनाई छ ।