logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बुधवार बस्ने


अंकुरण खबर
1.404K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

उक्त पक्षले फागुन १९ गते बुधवार बैठक बोलाएको हो ।

आज बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको सचिवालय बैठकले केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो । त्यसैनुसार बुधवार केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको नेकपा प्रचण्ड-नेपाल पक्षका नेता विष्णु रिजालले जानकारी दिए ।

“नेकपाको केन्द्रीय कमिटीको बैठक ०७७ फागुन १९ गते दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने तय भएको छ ।” नेता रिजालले भने ।