logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल समूहले ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने


अंकुरण खबर
1.443K
Shares

नेकपाको प्रचण्ड-नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ ।

उक्त समूहले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रचण्ड-नेपाल पक्ष नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अरू पार्टीहरूसँग छलफल गरेर अविश्वास प्रस्तावबारे अब कसरी अगाडि बढ्ने भन्ने कुराकानी भइरहेको जानकारी दिए ।

शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने भएकाले दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने बारे उक्त समूहमा छलफल जारी छ । तर दर्ता भएको अविश्वासको प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषय भने सभामुखको तजबिजमा भर पर्छ ।

संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव के होलारु भन्ने चासो व्याप्त भैरहेका बेला प्रचण्ड–नेपाल समूहले अघि नबढाउने तयारी गरे । फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेपछि यसलाई निकै चासोका साथ हेरिएको थियो ।