प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रसमेत रहेका नेकपा सांसद महेश बस्नेतले निर्वाचन आयोग पुगेका छन् ।
विहीवार आयोगमा बस्नेतले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत आयुक्तसँग् छलफल गरेका छन् ।
आयोग पुगेर बस्नेतले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले पुरानो हस्ताक्षर प्रयोग गरेर पार्टीमा आधिकारिकता दाबी गर्न लागेको जानकारी गराएका छन् ।
बस्नेतले नेकपाका बहुमत सांसद पार्टी एकताको पक्षमा रहेको आफूले आयोगलाई जानकारी गराएको बताए ।
पार्टीको आधिकारिकता विवादबारे निर्णय नगरेको भन्दै आयोगको आलोचना भइरहेका बेला बस्नेतले आयोग पुगेका हुन् ।