राजनीतिक रुपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहका दोस्रो तहका नेताहरुले छलफल गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री प्रधानमन्त्रीसमेत रहेका केपी ओली पक्षका नेता शंकर पोखरेल र पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच छलफल भएको हो ।
दुई नेताबीच बिहीबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा झन्डै ४५ मिनेट कुराकानी भएको थियो । आफूहरु पार्टी एकताको पक्षमा रहेको र त्यसकै बारेमा कुराकानी भएको उनीहरुको भनाइ छ ।
पूर्वमन्त्री भुषालले आफूहरू दुबै जना पार्टी एकताका पक्षमा रहेको र पहिलेदेखि कुराकानी गरिरहेको बताए । पार्टी एकता कायम हुनुपर्छ भन्नेमा आफूहरु रहेको र आजको भेट पनि त्यसैको श्रृखला भएको बताइएको छ ।
‘एकता गर्नपर्छ, मिल्नुपर्छ भन्नेमा हामी दुबै एकमत छौं । यसअघि पनि छलफल र भेटघाट भइरहन्थ्यो । आजको छलफल त्यसैको श्रृंखला हो,’ भुषालले भने, ‘नेताहरूबीच दूरी साँघुरिएको छैन तर राजनीतिमा असम्भव भन्ने कुरा छैन।’