logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस आफ्नो नेतृत्वमा मात्र सरकारमा जान्छ : डा. प्रकाशशरण महत


अंकुरण खबर
3.133K
Shares

नेपाली काग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस आफ्नै नेतृत्वमा मात्र सरकारमा जाने बताएका छन् ।

बिहीबार चितवनमा पत्रकारहरुसँगै बोल्दै डा। महतले कांग्रेसको उपस्थितिविना सरकार बन्न नसक्ने अवस्था बन्यो भने आफ्नै नेतृत्वमा सरकारमा जाने बताएका हुन् ।

सरकार बनाउन कांग्रेसको आवश्यकता परेमा मात्र सरकार जाने उनको भनाई छ । साथै उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताएका छन् ।

डा. महतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकरात्मक भएको पनि बताएका छन् ।