logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज ‘विप्लव’ सार्वजनिक हुँदै, प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने


अंकुरण खबर
1.053K
Shares

विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज नवलपुरबाट पहिलो पटक सार्वजनिक भएका छन्।

सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति भएपछि आज चन्द नवलपुरबाट सार्वजनिक भएका हुन ।

आज २ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रम मार्फत विप्लव समूहका महासचिव चन्द काठमाडौंबाट सार्वजनिक हुनेछन् ।

यो समुहलाई मूलधारको राजनीतमा फर्काउन सरकारले विभिन्न चरणमा अनौपचारिक वार्ता गरेपछि बुधबारदेखि औपचारिक वार्ता थालेको थियो ।

बुधबार र बिहीबार दुई दिन भएको वार्तामा भएको विस्तृत राजनीतिक सहमतिलाई शुक्रबार विशेष सर्वजनिक समारोह गरी सार्वजनिक गर्ने सरकारको तयारी छ ।

सो कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले एउटै मञ्चबाट संबोधन गर्ने बताईएको छ ।

२०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै सरकारले विप्लव समुहमाथि प्रतिबन्ध लगाएको थियो ।