logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले तीव्र विकास गरेर देशलाई समृद्ध र जनतालाई सुखी बनायो : प्रधानमन्त्री ओली


अंकुरण खबर
1.014K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको सरकारले तीव्र विकासको माध्यमबाट देशलाई समृद्ध र जनतालाई सुखी बनाएको बताएका छन् ।

ओलीले झापा आन्दोलनको नेतृत्व गर्दा होस वा सरकारको नेतृत्व गर्दा देशलाई समृद्ध र जनतालाई सुखी बनाएर शहिदको सपना साकार पार्ने काम गरिरहेको बताएका हुन् ।

झापा आन्दोलनका शहिदहरुलाई श्रदाञ्जली दिँदै ओलीले राजीनतिक स्थिरता कायम गर्न विभिन्न अवरोध छिचोल्दै सरकार अघि बढेको दावी गरे । कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन झापा आन्दोलन गौरवपूर्ण प्रस्थानबिन्दु भएको ओलीको ठहर छ ।

२०२८ मा नेपाल कम्युनिष्ट पार्टीले झापा आन्दोलनको सुरुवात गरेको थियो । यो आन्दोलनमा कम्युनिष्टहरुले सामन्त आरोप लगाएर केही सर्वसाधारणको हत्या गरेका थिए ।

पछि सरकारले २०२८ फागुन २१ गते आजकै दिन रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायत केही नेताहरूको हत्या गरेको थियो । यस काण्डलाई नेपालको इतिहासमा ‘झापा काण्ड’ नाम दिइएको छ।