logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेसको प्रश्न : विप्लवले हतियार किन बुझाएनन् ?


अंकुरण खबर
2.041K
Shares

नेकपा विप्लव समूहसँग सम्झैता अघि बढाउने क्रममा हतियार बुझाउने काम नगरिएकामा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न उठाएका छन् ।

हस्ताक्षर समारोह सम्पन्‍न हुने बित्तिकै शर्माले ट्वीट गर्दै यो गम्भीर प्रश्नको जवाफ सिंगो देशले चाहेको उल्लेख गरेका छन् ।

‘प्रचण्ड आउँदा ‘खोलाले बगायो’ थोरै हतियार, उनले ट्वीट गर्दै सोधेका छन्, ‘विप्लव आउँदा पुरै ?’

सम्झैताका तीनवटा बुँदा उल्लेख गरिरहँदा राज्यलाई हतियार बुझाउने चौथो बुँदा चाहिँ उल्लेख नहुनुमा उनले अपत्ति जनाएका छन् ।