logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लवलाई प्रचण्डको आग्रह-तपाईं हाम्रो पार्टीमा आउनुस्


अंकुरण खबर
1.43K
Shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले विप्लव अन्ततः आफूले कोरेकै बाटोमा आइपुगेको प्रतिक्रिया दिए।

शुक्रबार मात्र सरकारसँगको सहमतिपत्रमा हस्ताक्षर गरेर शान्तिपूर्ण राजनीति ओर्लिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहेका विप्लवको कमदको स्वागत गरे।

विप्लवको उक्त कदमले आफूलाई खुसी तुल्याएको भनाइ व्यक्त उनीप्रति धन्यवाद व्यक्त गरेकै कार्यक्रममा प्रचण्डले विप्लव समूहका केही नेतालाई आफ्नो पार्टीमा प्रवेश गराए।

छिट्टै यस्तै किसिमको कार्यक्रममा विप्लवलाई स्वागत गर्ने प्रतीक्षामा आफू रहेको प्रचण्डको भनाइ थियो।

आफूले विप्लवलाई सबैभन्दा बढी चिनेको र बुझेको उल्लेख गर्दै प्रचण्डले विप्लव अन्ततः आफूहरूको लाइन र टिममा आउनैपर्नेमा जोड दिए।