logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीले भोली कोरोना खोप लगाउने


अंकुरण खबर
1.235K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले भोली आइतबार कोरोनाविरुद्दको खोप लगाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ ।

मन्त्री त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएसँगै भोलीबाट दोस्रो प्राथमिकतामा परेकाहरुको खोप अभियान पनि सुरु हुने छ ।

भोलीबाट ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्षक माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको छ ।