logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विप्लवको सुरक्षाका लागि इन्सपेक्टरको नेतृत्वमा १० जना सुरक्षाकर्मी परिचालन


अंकुरण खबर
2.977K
Shares

सरकारले प्रतिबन्ध फुकुवा गरेपछि शान्तिपूर्ण राजनीतिमा संलग्न हुने प्रतिवद्धता जनाएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्दको सुरक्षाका लागि सरकारले १० जना प्रहरी खटाएको छ ।

प्रहरी निरीक्षक (इन्सपेक्टर) को नेतृत्वमा विप्लवको सुरक्षाका लागि १० जना सुरक्षाकर्मी खटाइएको हो । विप्लवको सुरक्षा थ्रेट (चुनौती) लाई मध्यनजर गरी इन्सपेक्टरको नेतृत्वमा १० जना प्रहरी खटाइएको नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीले जानकारी दिए ।

२ वर्षसम्म भूमिगत रहेका विप्लव शुक्रबार सार्वजनिक भएका थिए । राजधानी काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै विप्लवले पनि सम्बोधन गरेका थिए ।

२०७५ फागुनमा सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । त्यसयता भूमिगत रहँदै आएका उनी सरकारसँग ३ बुँदे सम्झौता गरेर ‘मूलधार’को राजनीतिमा आएका हुन् ।

शुक्रबार सार्वजनिक भएयता उनी विभिन्न राजनीतिक भेटघाटमा सक्रिय छन् ।