logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको फैसलाले वास्तविक एकता गर्ने अवसर मिलेको छ : ज्ञवाली


अंकुरण खबर
715
Shares

पराष्ट्रमन्त्री तथा नेकपा ओली समूहका नेता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले पूर्व एमाले र पूर्व माओवादीबीच वैज्ञानिक ढंगले पुनः एकता गर्ने अवसर मिलेको प्रतिक्रिया दिएका छन् ।

“पार्टीहरु एकीकरणपूर्वको अर्थात २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुगेका छन् । यसले वैज्ञानिक र ठोस आधारमा नयाँ ढंगबाट एकता गर्ने ढोका खोलिदिएको छ । त्यो नेकपाको वर्तमान विवादलाई सकारात्मक ढंगबाट समाधान गर्न सहयोगी बन्ने विश्वास छ।’’, ज्ञवालीले भने ।

ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता दिने सर्वोच्चको फैसलापछि बोल्दै मन्त्री ज्ञवालीले पूर्व माओवादी र पूर्व एमालेबीच पुरानो स्थितिबाट माथि उठेर एकता गर्ने अवसर मिलेको बताए ।