logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमपालको आक्रामक ब्याटिंगमा काठमाडौँ मेयर-११ माथि आर्मी विजयी


अंकुरण खबर
1.014K
Shares

जारी काठमाडौं मेयर कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर-११ लाई ५ विकेटले पराजित गरेको छ ।

सोमबार सम्पन्न खेलमा काठमाडौं मेयर-११ ले दिएको १५६ रनको लक्ष्य पछाएको आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

आर्मीलाई जिताउन सोमपाल कामीले आक्रामक ब्याटिंग गर्दै ८० रन बनाएका थिए । सोमपालले ओपनिंग गर्दै ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरेका थिए ।

त्यस्तै काठमाडौं मेयर-११ को कप्तानी गरेका सन्दीप लामिछाने भने यस खेलमा २ विकेट लिए पनि निकै महँगो साबित भएका छन् । ९ ओभर बलिंग गरेका सन्दीपले ७४ रन दिएर २ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौं मेयर-११ ले ४२.१ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो ।

यस प्रतियोगितामा आर्मी र काठमाडौं मेयर-११ दुवै टिम २-२ खेल खेल्दै १-१ जित हासिल गरेका छन् ।