logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीलाई पार्टीबाट निष्काशनको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली भइरहेको छ : सूर्य थापा


अंकुरण खबर
1.053K
Shares

सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले अल्पमतमा रहेको माधव नेपाल समूहलाई मिलाएर लाने बताए पनि कतिपय नेताहरूले तिखो टिप्पणी गर्न थालेका छन् ।

तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति मंगलवार बिहानै फेसबुकमा व्यंग्यात्म्क स्ट्याटस लेख्दै प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीलाई निष्काशनको घोषणा गर्नेहरूलाई ‘अपराधी’ को संज्ञा दिएका छन् ।

‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,’ थापाले फेसबुकमा लेखेका छन् ।