पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टीका नेता एवम् पूर्व मन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका छन् ।
मष्तिष्कघात भई उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न देउवा बुधबार दिउँसो नर्भिक अस्पताल पुगेका हुन् ।
फागुन १४ गते मष्तिष्कघात भएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
उपचारको क्रममा केही समय स्वास्थ्यमा केही सुधार आएको भनिए पनि पछिल्लो समय उनी पुनस् कोमामा गएका छन् । अहिले पनि भेन्टिलेटरको सपोर्टमा उनको उपचार भइरहेको छ ।
जोशीको स्वास्थ्य अवस्था थप बिग्रिएको खबर आएका बेला देउवाले अस्पताल पुगेर स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् । नर्भिक अस्पताल प्रशासनका अनुसार सभापति देउवाले नेता जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग उनको पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिएका छन् ।
देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारका सदस्यहरुलाई पनि भेटेका छन् ।