logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारमा जाने जसपाको कुनै योजना छैन : अध्यक्ष यादव


अंकुरण खबर
1.573K
Shares

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले असंवैधानिक कदम उठाउने अलोकतान्त्रिक कार्य गर्ने प्रतिगामी शक्तिलाई बहिर्गमन गराउने पार्टीको रणनीति भएको बताएका छन्

बुधबार संघीय संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै असंवैधानिक कदम प्रतिगमन कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने पार्टीको मूल ध्येय हुने यादवले बताए

हाम्रो मुख्य ध्येय संवैधानिक कदम प्रतिगमन कदम चाल्नेलाई सत्ताबाट हटाउने हो,’ उनले भने

अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा जाने जनता समाजवादी पार्टीको कुनै योजना नरहेको बताए उनले प्रधानमन्त्रीसँग सरकारका बिषयमा नभएर रेशम चौधरीलाई रिहाई गर्ने बिषयमा भएको तर्क गरे

जसपाले लोकतन्त्र संघीयताको रक्षा गर्ने शक्तिसँग मात्र सहकार्य गर्ने भन्दै उनले त्यो शक्ति नेकपा एमाले नभएको बताए