logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पारसको शतक र नन्दनको आक्रामक ब्याटिङमा २६७ रनको लक्ष्य


अंकुरण खबर
975
Shares

बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी छँदा सबै विकेट गुमाउँदै २६६ रन बनाएको हो। बागमतीको मध्यम लक्ष्यमा पारस खड्काले शतक बनाए। पारसले १३३ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै शतकसहित ११९ रन बनाए। त्यस्तै, नन्दन यादवले विष्फोटक ब्याटिङ गरे।

उनले २५ बलमा पाँच चौका र एक छक्कासहित ४२ रनमा अविजित रहे। शुन्यमै पहिलो विकेटको रुपमा आकाश थापालाई गुमाएको बागमतीका कप्तान ६ रनमा आउट हुँदा जम्मा ११ रन थियो।

त्यसपछि तेस्रो नम्बमा आएका पारस र इशान पाण्डेले टिमलाई उकासे। इशानले २६ रन बनाउँदा आदिल खानले २१ रन बनाए।

बलिङतर्फ सोमपाल कामीले पाँच विकेट लिए। पारसले शतक बनाउनु अघिका खेलमा भने खराब प्रदर्शन गरेका थिए। पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध शुन्यमा आउट भएका पारसले दोस्रो खेलमा काठमाडौं मेयर्स एघार टिमसँग १० रन बनाएका थिए।

तेस्रो खेलमा भने पारसले एपिएफविरुद्ध २९ रन बनाएका थिए। जारी प्रतियोगितामा यो दोस्रो शतक हो। यसअघि पुलिसका दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए। उनले एपिएफविरुद्ध शतकसहित १४० रन बनाएका थिए।