logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा संसदीय दलको बैठक सुरु, दलको नेता चयन गरिने


अंकुरण खबर
1.001K
Shares

जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय ग्वार्कोमा जसपाको संसदीय दलको बैठक सुरु भएको हो। बैठकले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। साथै बैठकले गठबन्धन सरकार निर्माणका लागि नेकपा एमालेसँग वार्ता गर्न गठित कार्यदलमा थप एकजना सदस्य मनोनित गर्ने बताइएको छ।

संसदीय दलको बैठक सुरु हुनुअघि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले छुट्टाछुट्टै छलफल गरेका थिए।

सरकार निर्माणका लागि जसपा निर्णायक शक्ति बनेपछि उसले गठबन्धन सरकार निर्माणका लागि आफ्नो तयारी थालेको हो।

यसअघि हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमालेका नेताहरुसँग जसपा नेताहरुको छलफल भएको थियो।

छलफलमा जसपाले संविधान संशोधन, मधेश आन्दोलनका मुद्दा फिर्ता, सांसद रेशम चौधरीको रिहाइलगायतका सर्तहरु अघि सारेको थियो। ती सर्तहरुमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको जसपाले वार्ताका लागि बनाएको कार्यदलका संयोजक लक्ष्मणलाल कर्णले बताए।