प्रधानमन्त्री केपी ओलीसँगको भेटवार्ताका लागि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय नेताहरूसहित पार्टी कार्यालय धुम्बाराही पुगे पनि अर्का वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी भएनन् ।
नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले निम्ता नगरेका कारण नेता खनाल सहभागी नभएको स्रोतले जनाएको छ ।
छलफलमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओली र उनको पक्षबाट महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली छन् । यस्तै, नेता नेपालसहित उनको पक्षबाट नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकणर् विष्ट वार्तामा सहभागी छन् ।
नेता नेपालले ओलीले भेट्नुअघि खनालसँग परामर्श गरेको बुझिएको छ ।