logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई माओवादी केन्द्रको आग्रह


अंकुरण खबर
1.339K
Shares

नेकपा माओवादी केन्द्रले तत्काल राजीनामा दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरेको हो ।

माओवादीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने वा नगर्नेबारे भने कुनै निर्णय गरिसकेको छैन ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका नेता वर्षमान पुनले सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताए ।

सरकारलाई दिएको समर्थनबारे पुन छलफल गर्नुपर्ने उनले बताए । सरकारलाई दिएको समर्थन फिर्ता लिने प्रसंगमा उनले भने, ‘फैसलापछि आज हाम्रो पहिलो बैठक हो। यसबारे फेरि छलफल गर्छौं।’