पछिल्लो २४ घण्टामा नेपालमा ९४ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ५ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५५ जना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ५ सय ५० पुगेको छ ।
यस्तै, नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।
मुलुकभर ९ सय ५४ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा २२ लाख २४ हजार २ सय ९३ पीसीआर परीक्षण भएका छन् ।