logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शहीद स्मारक ‘सी’ डिभिजन लिग : समाज कल्याणको लगातार दोस्रो जित


अंकुरण खबर
1.313K
Shares

शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा समाज कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई ३-० ले पराजित गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३९ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता बनाएको थियो । ८५औं मिनेटमा सरद राइले दोस्रो गोल गरे ।

इन्जुरी समयमा राकेश विश्वकर्माले तेस्रो गोल गरे ।

समाज कल्याणले इन्जुरी समयमा पाएको पेनाल्टीलाई रुपेशले पोष्टको दिशा दिन सकेनन् । उनको प्रहार क्रसबारमा लागेर फर्कियो ।

जितसँगै समाज कल्याण छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । समाज कल्याणले दुई खेलमध्ये दुवैमा विजयी भएको छ ।

खालीबारीको भने यो पहिलो हार हो । खालिबारी लिगका दुईमध्ये एकमा विजयी हुँदा एकमा पराजित भएको छ । खालीबारी ३ अंकसहित लिगको सातौँ स्थानमा रहेको छ ।