logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो पटक हुन लागेको नेपाल सुपर लिगको अक्सन आज


अंकुरण खबर
689
Shares

नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग ‘एनएसएल’को खेलाडी किनबेच अर्थात अक्सन आज हुँदैछ ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले लिगको अक्सन काठमाडौंको एक होटलमा गर्न लागेको हो । अक्सनबाट सातवटा फ्रेन्चाइज टिमले ’ए’, ’बी’ र ’सी’ श्रेणीबाट खेलाडी छनोट गर्ने छन् ।

अक्सनमा कुल १ सय ५८ जना खेलाडीको सुचि एन्फाले सार्वजनिक गरेको छ । ए श्रेणीमा ३५, बी श्रेणीमा ६५ र सी श्रेणीमा ५८ जना खेलाडी समावेश छन् ।

प्रतियोगिता बैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा सहभागी हुने ७ वटै टोलीले मार्की खेलाडी र प्रशिक्षक घोषणा गरिसकेका छन् । लिग राउण्ड रोबिनको आधारमा लिगमा कुल १९ खेल हुनेछन् ।