logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट विदेशमा थप एक नेपालीको मृत्यु


अंकुरण खबर
1.261K
Shares

कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट विदेशमा थप एक जनाको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भएको थियो ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता  जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३  हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको छ ।