logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काँग्रेस पदाधिकारी बैठक सुरु


अंकुरण खबर
1.352K
Shares

नेपाली काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा ४ बजेपछिबाट बैठक सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो ।

मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो । क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ ।

आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ ।